Programs

Indreni Samaj Kendra (ISK), Nepal is a non-political, non-religious and non-governmental organization registered at District Administration Office Palpa in 2052 BS. It is affiliated with Social Welfare Council and other concern national and local networks. It was established by group of youths with dedication to social and human development being based on rural community of Palpa. It is working with vision of "Society with Justice and Equity" in the rural communities with children, youths, women and marginalized groups. It believes on the empowerment and change of positive livelihood of right holders through the enhancing access of the basic rights, strengthening socio-economic status and institutionalization.

View all in detail
Our Colleagues
News & Events
कोरियन स्काप बुन्ने तालिम सम्पन्न

इन्द्रेणी समाज केन्द्र नेपाल पाल्पाले अन्तर्राष्ट्रिय विकासका लागी अमेरीकी सहयोग नियोग USAID तथा साथ–साथ परियोजनाको आर्थिक तथा प्राबिधिक सहयोगमा अतिरिक्त क्रियाकलाप अन्तर्गत यहि कार्तिक २४ र २५ गते तानेसन बिशालबजारमा रहेको सेवाकेन्द्रमा कोरियन स्काप बुन्ने निशुल्क तालिम सम्पन्न गरेको छ । परियोजनाले पाल्पा जिल्लामा गत ३ बर्षदेखी आप्रवासी कामदार तथा तिनका परिवारहरुलाई लक्षित गरि एचआईभी, एड्स यौन रोग रोकथाम कार्यक्रम संचालन गर्दै आएको छ । सोही कार्यक्रम अन्र्तगत जाडो मौसमको सुरुवात संगै कोरियन स्काप बनाउने तालिम संचालन गरिएको साथ–साथ परियोजनाका सुचना व्यवस्थापन अधिकृत दशरथ अस्लामीले बताउनुभयो । कोरियन स्काप जाडो समयका लागी अति उपयोगी हुन्छ । २ दिन सम्म चलेको सो तालिममा १८ जना आप्रवासी कामदारका श्रीमतिहरुको सहभागिता रहेको थियो । तालिम इन्द्रेणी समाज केन्द्र नेपालसाथ–साथ परियोजनाको सेवा केन्द्रबाट प्रदान गरिने सेवाको जानकारी गराउने, कोरियन स्काप बुन्न सिकाई अत्मनिर्भर हुन सक्षम बनाउने, आप्रवासी कामदारहरुमा एचआईभी, एड्स यौनरोगको जोखिम न्युनिकरण गर्ने लगायतका उद्धेश्यले संचालन गरिएको हो । सहभागीहरुले यो तालिम नयाँ भएको र आत्मनिर्भर बन्न सहयोग पुग्ने बताएका थिए । सहभागी मध्येकी निर्मला रानाले परियोजनाले समुदायमा एचआईभी, एड्स यौनरोग कम गर्न गरेको रोकथाम कार्यक्रम, निशुल्क क्लिनिक सेवा प्रभावकारी रहेको पनि बताउनुभएको थियो । कोरियन स्काप बुन्न साथ–साथ परियोजना तानसेन सेवाकेन्द्रकी गिता श्रीषले सिकाउनुभएको थियो भने एचआईभी एड्स, यौन रोगको बारेमा फिल्ड सुपरभाइजर निर्मला दर्नाल र परियोजना संयोजक शंकरप्रसाद अधिकारीले जानकारी गराउनुभएको थियो । तालिम पश्चात् सहभागीहरुले निशुल्क एचआईभी र यौनरोग परिक्षण गराएका थिए ।